हत्यामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ

हत्यामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ


बारा – कलैया उपमहानगरपलिका–१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–१४ बघवन टोल बस्ने ४० वर्षीय उमेश जैसवालकी श्रीमती ३८ वर्षीया रन्जु जैसवाल तथा उनकै छोराहरू २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय किशोर रहेका छन् ।

पुरानो रिसइबीको कारण उमेश समेत ६ जना व्यक्तिहरूले गत जेठ २९ गते साँझ कुटपिट गर्दा गम्भीर घाइते भएका नन्दु राउतको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय दिगम्बर साह कलवारलाई सोही दिन पक्राउ गरेको थियो ।

घटनामा संलग्न रही फरार रहेका रन्जुलाई कलैया उपमहानगरपालिका–५ बाट तथा सुमित र १८ वर्षीय किशोरलाई पर्साको वीरगञ्ज महानगरपालिका–१ शान्ति टोलबाट पक्राउ गरेको छ ।

उनीहरूउपर ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।