अवैध लागूऔषध सहित एक पक्राउ


मकवानपुर – मकवानपुर भिमफेदी गाउँपालिका-२ भैंसे चोकबाट अवैध लागूऔषध चरेश करिब २४ किलो सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा अमर पटेल गाउँपालिका-२ बस्ने २५ वर्षीय राजेश यादव र सोही ठाउँ बस्ने ऋषि कुमार यादव रहेका छन् ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.२५ प ८७८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिट तथा ट्याङकी मुनी फल्स बटम बनाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक राजेश र मोटरसाइकलमा सवार ऋषिलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement