उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण गछौं : अर्थमन्त्री खनितवडा


काठमाडौ– अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियामै नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको पहिचान बनाउन सफल भएको बताएका छन् ।

कर दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एसियामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रुपमा पहिचान बनाउन सफल भएको जानकारी दिए ।

उनले मुलुकलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठयारो भएको स्वीकार गर्दै उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने दाबी गरे । मुलुकलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धि अलोकप्रिय नीति लिनु परेको पनि उनले पटक–पटक दोहोर्याए ।

‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौं ।’ अर्थमन्त्री खतिवडाले भने, ‘अत्याधिक ऋणको चापले मुलुकलाई संकटमा फसाउने हुनाले आफूको मुलुकको दीर्घकालीन हितका लागि करसम्बन्धि अलोकप्रिय निर्णय लिनु परेको हो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement