आर्थिक अपराधको अनुसन्धान गर्न छुट्टै इकाइको स्थापना, कमान्डरमा होबिन्द्र बोगटी

आर्थिक अपराधको अनुसन्धान गर्न छुट्टै इकाइको स्थापना, कमान्डरमा होबिन्द्र बोगटी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आर्थिक अपराधको अनुसन्धान गर्न छुट्टै इकाइको स्थापना गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले आर्थिकसम्बन्धी अपराधको अनुसन्धान गर्ने आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइ गठन गरेको हो ।

उक्त महाशाखा सञ्चालनका निम्ति प्रहरी प्रधान कार्यालयले माग गरेको दरबन्दी र बजेट अर्थमन्त्रालयले स्वीकृत नगरिसकेको कारण अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मातहत राखिएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताए ।

अहिले एसएसपी होबिन्द्र बोगटीले यसको कमान्ड गरेका छन् । यो इकाइमा अहिले एसएसपीसहित १९ जना कार्यरत छन् ।

प्रवक्ता थापाका अनुसार यो महाशाखा अपराध अनुसन्धान, लागु औषध, मानव बेचबिखन भनेजस्तै अलग्गै महाशाखा हो, तत्कालका लागि मात्रै सीआईबीअन्तर्गत राखिएको हो ।