काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपाल प्रहरीका सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ संवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
आपराधिक क्रियाकलापको कसुरमा जिल्ला अदालत सर्लाहीले शुक्रबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले यादवले यसअघि धम्क्याएका अरुसँगको प्रमाण पनि संकलन गरिरहेको र यस विषयमा पनि टिप्पणी उठाएर कारबाही गर्ने तयारी गरेको छ।
प्रतिक्रिया