एक हजार घुसहित असई झा पक्राउ


काठमाडौं : ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगर धनुषाका प्रहरी सहायक निरिक्षक नबिनकुमार झा घुससहित पक्राउ परेका छन् । ट्रिपरको सम्पूर्ण कागजात हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर झाले सेवाग्राहीसँग घुस लिदालिँदै पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असई झालाई सेवाग्राहीबाट १ हजार घुस लिइसकेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका–५ धनुषास्थित सखुवा चोकमा रहेको प्रहरी बिटबाट पक्राउ गरेको हो ।

उनले प्रत्येक ट्रिपरबाट १–१ हजार जरिवाना लिने गरेका थिए । घुससहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तिायरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement