महिला प्रहरीलाई बलात्कार गर्ने सई जेल चलान


नेपालगञ्ज – एक महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक प्रहरी नायब निरीक्षक (सई) जेल चलान भएका छन् ।

नेपालगन्जमा अवस्थित कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यरत सई बमबहादुर रानाले गत असोज २६ गते राती प्रहरी जवानको तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई तालिमकेन्द्र भित्रको ब्यारेकभित्रै बलात्कार गरेको उजुरी परेपछी जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई असोज २७ गते नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले ती प्रशिक्षार्थी महिला प्रहरीको जाहेरी अनुसार यसैसाता अनुसन्धान सम्पन्न गरेर जिल्ला सरकारी वकिलको कार्यालय बाँकेमा अनुसन्धान सम्बन्धि प्रतिवेदन बुझाएपछि बाँके जिल्ला अदालतमा सई खड्का विरुद्ध अभियोग पत्र दायर भएको प्रहरीले जनाएको छ ।

बाँके जिल्ला अदालतमा गत सोमबार भएको थुनछेक बहसपछि सई खड्कालाई मुद्दा पुर्पक्षका लागि जेल चलान गरिएको छ । बाँके प्रहरीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले सई खड्कालाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने सम्मानित अदालतको आदेशबमोजिम जिल्ला कारागार बाँके (नेपालगन्ज) चलान गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement