एशियन पेन्ट्सको ‘क्यालिडोस्कोप’ प्रतियोगिताको पुरस्कार वितरण, प्रतिभा सम्मानित

एशियन पेन्ट्सको ‘क्यालिडोस्कोप’ प्रतियोगिताको पुरस्कार वितरण, प्रतिभा सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एशियन पेन्ट्स नेपालले ‘क्यालिडोस्कोप’ अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८२–८३ को १३औँ संस्करणको पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।

ठमेलस्थित एलोफ्ट बाई मेरियटमा आयोजित कार्यक्रममा युवा वास्तुकार तथा आन्तरिक डिजाइनरहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच र व्यावसायिक क्षमताको सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनीयर गोपालप्रसाद सिग्देल रहेका थिए । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभाग, सोसाइटी अफ नेपाली आर्किटेक्ट्स, नेपाल इन्जिनियर्स एसोसिएसन, इन्टेरियर डिजाइनर्स एसोसिएसन नेपाल, फेडेरेसन अफ कन्ट्रयाक्टर्स एसोसिएसन अफ नेपाल, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनीयरिङ फर्म्स, विभिन्न प्राविधिक शिक्षण संस्थाका प्राध्यापक, आर्किटेक्ट, आन्तरिक डिजाइनर तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो ।

एशियन पेन्ट्स नेपालका अनुसार ‘क्यालिडोस्कोप’ प्रतियोगिता भावी वास्तुकार तथा आन्तरिक डिजाइनरहरूलाई वास्तविक परियोजनामार्फत व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रिय मञ्च हो । यसले विद्यार्थीहरूलाई उद्योगको वास्तविक कार्यपरिवेशसँग परिचित गराउँदै सिर्जनात्मक क्षमता, व्यावहारिक ज्ञान र व्यावसायिक दक्षता अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको जनाएको छ ।

यस वर्षको प्रतियोगितामा उत्कृष्ट डिजाइन छनोटका लागि वरिष्ठ आर्किटेक्ट, सोसाइटी अफ नेपाली आर्किटेक्ट्सका प्रतिनिधि तथा शहरी विकास तथा भवन निर्माण विभागका पदाधिकारी सम्मिलित निर्णायक मण्डलले बहुचरणीय मूल्यांकन गरेको थियो । प्रतियोगिताका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने शीर्ष ३ विजेतालाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कारबाट सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा इन्जिनीयरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरे प्रथम भएका छन् । इन्जिनीयरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पसका सुमन बिके प्रथम उपविजेता तथा हिमालय कलेज अफ इन्जिनीयरिङकी अदिती रिजाल द्वितीय उपविजेता घोषित भएका छन् ।

समारोहमा विजेता डिजाइनको त्रिआयामिक नमूना सार्वजनिक गरिएको थियो । विजेता अवधारणात्मक डिजाइन शहरी विकास तथा भवन निर्माण विभागलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ । यसले शैक्षिक सिर्जनशीलतालाई व्यावहारिक विकाससँग जोड्ने प्रयासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

एशियन पेन्ट्स नेपालले शैक्षिक संस्था र उद्योगबिचको सहकार्यलाई विस्तार गर्दै युवा प्रतिभालाई सिर्जनात्मक अवसरमार्फत प्रोत्साहन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । कम्पनीका अनुसार ‘क्यालिडोस्कोप’को १३औँ संस्करण युवा डिजाइन प्रतिभाको पहिचान, नवप्रवर्तन र व्यावसायिक विकासका लागि अर्को महत्वपूर्ण उपलब्धि बनेको छ ।