पूर्वपेम्री सलमानसंगको दुस्मनी महंगो पर्यो ऐश्वर्यालाई !


काठमाडौं – छोरी आराध्याको जन्मपछी ऐश्वर्या रायको पुनह फिल्म क्षेत्रमा कमब्याक भयो । तर उनि कम ब्याक भएका फिल्मले खासै राम्रो ब्यापार गर्न सकेनन् ।
सयौ हिट फिल्म दिएकी ऐश्वर्याको करिअरमा धक्का समेत लाग्यो । उनी चाहन्थीन राम्रो बयानरको खोजीमा तर उनले ती फिल्म पाएतापनि उनका पूर्वप्रेमी सलमानखानसंग पानी बाराबारको सम्बन्ध रहेकै कारण ऐश्वर्याले दुइ ठूला फिल्म हातबाट फुुत्किए ।

तर, सलमानसँगको खराब सम्वन्धले ऐश्वर्यालाई भने ठूलो घाटा पुगेको खुलासा भएको छ । उनले निर्देशक सञ्जय लिला भन्सालीका दुई ब्लकबस्टर फिल्म गुमाएकी छन् ।

यदि ऐश्वर्याले यी दुवै फिल्म पाएकी भए उनको करिअर सम्भवतः नयाँ उचाईमा पुग्ने थियो । हालै एक कार्यक्रममा उनले सलमानको नाम नलिइकन यी दुई फिल्म एक अभिनेताको कारण गुमाएको आफैंले बताएकी छन् ।

ऐश्वर्याका अनुसार फिल्म ‘बाजिराव मस्तानी’ का लागि भन्सालीले सुरुमा उनलाई अफर गरेका थिए । उनी खेल्न तयार पनि भएकी थिइन् ।
भन्सालीको सोच थियो, यो फिल्ममा ऐश्वर्या र सलमानको जोडी बनाउने । तर, ‘हम दिल दे चुके सनम’ को यो सुपरहिट जोडीलाई कास्ट गराउने उनको चाहना सलमानको कारण पूरा भएन । ऐश्वर्याको नाम आउनासाथ सलमानले यो फिल्म खेल्न इन्कार गरे । त्यसपछि भन्सालीले ऐश्वर्यालाई पनि यो फिल्म खेलाएनन् । उनले रणवीर सिंह र दिपिका पादुकोणको जोडी बनाए । फिल्म खुबै चल्यो पनि ।

यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘पद्मावत’ मा पनि भन्सालीको पहिलो छनोट सलमान र ऐश्वर्या नै थिए । उनी ऐश्वर्यालाई पद्मावती र सलमानलाई खिलजीको भूमिकामा उतार्न चाहन्थे । यहाँ पनि उनले सलमानलाई मनाउन सकेनन् । सलमानले नखेल्दा ऐश्वर्याको हातबाट यो फिल्म पनि गुम्यो । अन्ततः उनै दिपिका र रणवीरलाई चिठ्ठा र्पयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement