पुर्व माओवादीहरु प्रधानमन्त्री ओलीको अघि लम्पसार परे: डा.बाबुराम भट्टराई


काठमाण्डु– समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले ‘पूर्व माओवादीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको चरणमा लम्पसार परेको’ आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पुर्व माओवादी नेताहरु प्रधानमन्त्री ओलीको कार्यशैलीअघि निकम्वा बनेको आरोप लगाए ।

सामाजिक संजाल ट्वीटरमा आइतबार स्टाटस लेख्दै नेता भट्टराईले प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई संघको प्रशासनिक युनिट जस्तो व्यवहार गर्दा पनि पूर्व माओवादी नेताहरुले हस्तक्षेप गर्न नसकेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement