गृहमन्त्री ‘बादल’ ले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण, सामुहिक ब्रिफिङ गर्ने

गृहमन्त्री ‘बादल’ ले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण, सामुहिक ब्रिफिङ गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गरेका छन् ।  पदभार ग्रहण गरेको तेस्रो दिन उनले प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गरेका हुन् ।

प्रहरी प्रवक्ता डीआइजी मनोज न्यौपानेले बताए अनुसार मन्त्री थापाले  प्रधान कार्यालयको सम्पूर्ण निरिक्षण गरेपछि सामूहिक ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री  बादलले पदभार ग्रहण गरेको दिन नै नेपाल प्रहरीलाई विश्वकै नमूना प्रहरीको रुपमा स्थापित गर्ने बताएका थिए । यसको लागि उनले सम्पूर्ण प्रहरी संगठनलाई आफूलाई सहयोग गर्न निर्देशन दिएका थिए ।