बाढीपहिरो र डुबानको कहर : मृत्यु हुनेको संख्या ४४ पुग्यो

बाढीपहिरो र डुबानको कहर : मृत्यु हुनेको संख्या ४४ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानमा परी शनिबार साझँसम्म ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ। शुक्रबार रातिसम्म २४ जनाको मृत्यु भएकोमा शनिबार यो संख्या बढेर ४४ पुगेको हो।

हाम्रा जिल्ला समाचारदाताका अनुसार शुक्रबार काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, मकवानपुर, ओखलढुंगा र झापामा दुइ÷दुई, पश्चिम रुकुम, रामेछाप, इलाम, बारा, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक÷एक गरी २४ जनाको मृत्यु भएको थियो। शनिबार ललितपुरमा पाँच, भोजपुरमा तीन, ओखलढुंगा र रौतहटमा दुई÷दुई, काभ्रे, धादिङ, चितवन, पाल्पा, मकवानपुर, सुनसरी, सिन्धुली र डोल्पामा एक÷एक गरी २० जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीले भने बाढीपहिरो र डुबानमा परी शनिबार साझँसम्म ज्यान गुमाउनेको संख्या ३३ पुगेको जनाएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।