रुस छाडेर बेलारुसतर्फ लाग्यो विद्रोही वागनर समूह


काठमाण्डु- युक्रेनविरुद्ध युद्धरत रुसमा त्यहाँको निजी सैन्य समूह वागनर समूहले रुसको दक्षिणी सहर रोस्तोभ-अन-डन छाडेको छ । भाडाका सैनिकहरूको समूह वागनरका प्रमुख यभगेनी प्रिगोजिन आफ्ना सेनासहित बेलारुसतर्फ लागेका हुन् ।

यसअघि  प्रिगोजिनले रक्तपातबाट बच्न भन्दै आफ्ना लडाकूहरूलाई युक्रेन फर्कन आग्रह गरेका थिए। रूसी मिडियाहरूका अनुसार प्रिगोजिन अब बेलारुस जानेछन् र उनी तथा वाग्नर समूहका लडाकूहरूविरुद्ध लागेका अभियोगहरू फिर्ता लिइनेछ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर पेरोसेन्को मध्यस्थतामा शनिबारदेखि भएको छलफलमा वाग्नर समूह प्रमुख र उनका सेनामाथि लागेका सबै आरोप हटाउने रुसी पक्षले आश्वासन दिएपछि प्रिगोजिन रुस छाडेर बेलारुसतर्फ हिँडेका हुन् ।

योसँगै वाग्नर समूहले आफूले कब्जा गरेको रुसको रोस्तोभ सहर छाडेको छ । वाग्नर समूहले रुसका केही भूभाग नियन्त्रणमा लिन खोजेसँगै रुसले पनि राजधानी मस्कोको सुरक्षा व्यवस्था कडा पारेको थियो । वाग्नर समूहको यो दुस्साहस गरेपछि जवाफमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा प्रतिक्रिया सार्वजनिक गरेका थिए । ‘रुसलाई धोका दिने सबैले त्यसको परिणाम भोग्नुपर्ने पुटिनको चेतावनी थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस
Advertisement