बालुवाटारमा प्रधानमन्त्री ओली र कमल थापाबीच वान टु वान वार्ता


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच मंगलबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र थापाबीच ‘वान टु वान’ वार्ता भएको हो ।

ओली र थापाबीच ४५ मिनेट लामो भेटवार्ता भएको बताउँदै श्रेष्ठले भेटमा के कुरा भयो भन्नेबारे चाहिँ केही खुलाएनन् । उनका अनुसार ओली र थापाबीच भएको वान टु वान वार्तापछि थापा नेतृत्वकै टोलीले प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले राप्रपाको जायज मागहरु पूरा गर्न लागिपर्ने आवश्वासन दिएका थिए । ज्ञापनपत्रमा देशलाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने, संघीयताबारे जनमत संग्रह गरिनुपर्ने, राष्ट्रिय अखण्डता सुदृढ गरिनुपर्ने, जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनु पर्नेलगायत माग रहेका छन् ।

राप्रपाले २२ बुँदे माग आज केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा सिडियोलाई बुझाएको छ । राप्रपाले फागुन १५ देखि मेची–महाकाली अभियानको शुरूवात गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement