स्रोत नखुलेको ३ करोड ४६ लाख रुपैयाँ बरामद

स्रोत नखुलेको ३ करोड ४६ लाख रुपैयाँ बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका ३ करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ ।

बरामद गरिएका मुद्रामध्ये नेपाली १ करोड ९१ लाख र भारतीय १ करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए । उनीहरू भरियाका रूपमा रहेका भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन् ।

चालु आवमा भएको बरामदको विवरण अनुसार बुटवल आसपासबाट मात्रै ३ करोड ४६ लाखभन्दा बढी अवैध रकम बरामद भएको अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिए।