बारपाक पुगेर उर्जामन्त्रीले भने ‘प्राकृतिक विपत्तीको समेत सामना गर्न सरकार सक्षम हुने गरि अघि बढ्छ’

बारपाक पुगेर उर्जामन्त्रीले भने ‘प्राकृतिक विपत्तीको समेत सामना गर्न सरकार सक्षम हुने गरि अघि बढ्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारपाक– उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले २०७२ साल बैशाख १२ गतेको भुकम्पको केन्द्रबिन्दु लाप्राक र बारपाकमा भईसकेको पुननिमार्णको अवस्थाको अनुगमन गरेका छन् । महाभुकम्प गएको ३ वर्ष पुगेको सन्दर्भमा लाप्राक र बारपाकको भुकम्प पछिको पुनःनिमार्ण र ज्यान गुमाएकाहरुको संझनामा आयोजित श्रदाञ्जली कार्यक्रममा सहभागि हुन मन्त्री पुन बुधबार बिहान गोरखा गएका हुन् ।

गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत तथा स्थानीय नेताका साथ लाप्राक र बारपाक पुगेका नेता पुनले सरकारी, निजी तथा गैर आवासीय नेपाली संघ (एनआरएनए)ले गरिरहेको पुनःनिमार्णमा सरकारले पुरै साथ दिने बताए । पुननिमार्णको काम केन्द्रीकृत ढंगबाट हुन नसकेको गुनासो स्थानीय जनताबाट आएको बताउदै मन्त्री पुनले विकेन्द्रीत भएका कामहरुलाई एकिकृत र व्यवस्थीत बनाउन सरकार र पुननिमार्ण प्राधिकरण लागि पर्ने बताए ।

‘नयाँ संविधान अनुसार ३ तहको सरकारले काम गरिरहेको छ । राजनीतिक संक्रमण अन्त्य भएपनि प्रशासनिक संक्रमण बाँकी छ ।’ उनले भने, ‘यसो भनेर सरकार पन्छन खोजेको होईन । पुननिमार्ण र भोलीका दिनमा आईपर्ने यस्ता खालका प्राकृतिक विपत्तीको समेत सामना गर्न सरकार सक्षम हुने गरि अघि बढ्छ ।’

गोरखा जिल्ला र लाप्राक तथा बारपाकमा ७७ प्रतिसत काम सम्पन्न भईसकेको प्रमुख जिल्ला अधिकारीले जितेन्द्र बस्नेतले जानकारी दिए । पार्टी एकताको काम समेत छिट्टै निचोडमा पुग्ने नेता पुनको भनाई छ । ‘९ गते नै एकता घोषणा गर्न खोजेको हो, गर्न खोजेको जस्तो भएन, उनले भने, ‘नेताहरुले छलफल गरिरहनु भएको छ । छिट्टै टुंगोमा पुग्छ ।’