उर्जामन्त्री भन्छन्–पार्टी एकतामा शंका नगर्नुस्


नुवाकोट–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले  एमाले र माओवादी केन्द्रबीच चाँडै नै एकता हुने भएकाे बताएका छन्।

प्रेस सेन्टर नेपालले  विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले एकताको विषयमा शंका नगर्न आग्रह गरे।  “विश्वासको वातावरण बनाउँदै एकतासम्म पु¥याउने काम जिम्मेवारीपूर्वक भइरहेको छ, यसमा कसैले कुनै गर्नु हुदैन्,” उनले भने।

मन्त्री पुनले “दुबै पार्टीबीच एकता हुन्छ, यस सम्बन्धी अन्तरिम मस्यौदा विधान र आन्तरिक राजनीतिक प्रतिवेदन पनि तयार भइसकेको छ, त्यसैले उपयुक्त समय मिलाएर एकता घोषणा हुनेछ,” भने।

 

प्रतिक्रिया दिनुहोस
Advertisement