रोल्पाबाट चुनाव लड्ने वर्षमान पुनको घोषणा, अब महरा कतातिर?


 

काठमाडौं– नेकपा (माओवादी) केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट चुनाव लड्ने भएका छन्।

 

 

नेता पुनले प्रतिनिधिसभाको निर्वाचन आफ्नै थलो रोल्पाबाट लड्ने एबीएबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमार्फत् घोषणा गरेका हुन्। प्रदेश र संघको निर्वाचन मंसिर १०, २१ गते हुँदैछ।

 

नेता पुनले रोल्पाबाट चुनाव लड्ने विषयमा अर्को रोल्पाली नेता कृष्णबहादुर महरासँग पनि सहमति भइसकेको दाबी गरे। महरा दाङबाट प्रतिनिधिसभा निर्वाचन लडने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement