तिर्थ नेपाली काठमाण्डु- जीवनलाई सही मार्गमा हिडाउनका लागि हासिल गरिने ज्ञानलाई शिक्षा भनिन्छ । शिक्षाले असल बानीहरूको निर्माण गर्दछ । यसले कुनै पनि व्यक्तिमा लुकेर रहेको क्षमतालाई बाहिर प्रस्फुटन गर्दछ । असल बानी सिकाउने शिक्षा व्यावहारिक हुन्छ ।
व्यावहारिक शिक्षा प्रविधिमा आधारित हुन्छ । प्रविधिमा आधारित प्राविधिक शिक्षा आजको आवश्यकता पनि हो । गाउँ गाउँमा प्राविधिक शिक्षालय पनि खुल्दै छन् । मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि यहीं भेटिन्छ ।
व्यवसायिक तारिकाले जुनसुकै काम गर्दा पनि सफल हुन सकिन्छ, भन्ने उदाहरण नयाँ पुस्ताका युवाले दिन थालेका छन् । यसका लागि प्राविधिक रूपमा सीपमूलक र व्यावहारिक शिक्षा आवश्यक पर्छ । तिनै मध्येका एक हुन् दिनेश बस्नेत । बुवा नरबहादुर बस्नेत र आमा राधिका बस्नेतको कोखबाट वि.सं. २०५४ सालमा रामेछाप जिल्लामा जन्मिएका उनको बाल्यकाल हेटौडामा बितेको हो ।
उनको बाल्यकाल कस्तो थियो ?
सानैदेखि पढाईमा लगनशील शान्त स्वभाव तर मेसिनरी सामानको आन्द्रा भुडी खोत्लनमा खुबै ,माहिर पढाईमा अब्बल मानिने दिनेश कक्षाका त्यस्ता बिध्यार्थी हुन् । जुन विज्ञान प्रविधिमा अरु भन्दा निकै अगाडी थिए । उनले कक्षा ५ मा अध्ययन गर्दा सर्वप्रथम घुम्ने पङ्खा र पानीबाट बिधुत निकालेका थिए । त्यति मात्र नभई दिनेशले द्रोस्रो पटक हेलिकप्टर बनाउने प्रयास समेत गरेको बताए ।
हेलिकप्टर आफुले सोचे जस्तो बनाउन नपाएपछी पुन राम्रो हेलिकप्टरको प्रतिक्षामा थिए। त्यसपछी दिनेशले तेस्रो पटक प्यारासुट पनि बनाउन सफल भए ।
कक्षा १ देखि १० सम्म पढ्दा कक्षामा कहिले प्रथम त कहिले द्धितीय श्रेणीमा उत्तिर्ण हुन्थे । यसरी उनका सपनाका खुड्किलाहरु फराकिला बन्दै गए मैले कहाँबाट सामान ल्याएर प्लेन बनाउने भन्ने सपनाले दिनेशलाई घोचिरहन्थ्यो ।
उनले आफुले बनाएको प्यारासुटको घरको माथिल्लो तलबाट खसालेर परिक्षण गरेका थिए । सानोमा उनको लक्ष्य भविस्यमा सफल इन्जिनियर बन्ने थियो । बेला बखतमा विज्ञान प्रविधि सम्बन्धि आर्कषक सामाग्री निर्माण गर्दै गाउँ तथा समाजलाई चकित पार्ने काम उनी गरीरहन्थे ।
मेसिनरी सामानका प्रेमी भन्दा पनि फरक नपर्ने उनलाई बाल्याअवस्था प्राय केटाकेटीहरु खेलौना लगाएतका सामाग्रीहरु मन पराउँछन् राति पनि अरुले लगि देला भन्ने सोचमा काखीमा च्यापेर सुत्छन,तर उनी भने राति सपनिमा पनि मेसिन चलाउन भागेको देख्थे । उनी त्यो समयमा अनेक अनेक काम गर्दथे कहिले सेल हालेर मोटर त कहिले मोटर राखेर पानी जहाज सम्म निर्माण गर्न अभ्यास गरिहन्थे ।
उनी हेटौडा ६ गौरिटारमा रहेको युवा वर्ष विध्यालयमा कक्षा ९ सम्म अध्ययन गर्दै गर्दा बस्नेतले मोटरबाट चल्ने पानीजहाज बनाएर विद्यालयका शिक्षक , गाउँले आफन्त सहक्रमीबाट वाईवाई पाएर वि.स. २०७१ साल असार ५ गते बिहीबारको जीवनमा पहिलो पटक पत्रिकामा समेत दिनेशको हेलिकप्टर बनाउने सपना भनने लेख छापिएको थियो ।
गौरिटारमा रहेको युवा वर्ष विद्यालयमा गणित विषय अध्यायपन गराउने शिक्षक किशोर न्यौपानेले सपना र व्यावहारिक ज्ञानलाई जीवन्त राख्न मार्ग पहिल्याई दिए दिनेशलाई । वि.स.२०७१ साल चैत्र महिनामा त्यो बेलाको आईरन गेट एस.एल सीमा दिनेश जिल्लाकै प्रथम श्रेणीमा उर्तीण भएका थिए ।
सपनाले बहकाएका दिनेशलाई आज भन्दा भोलि नयाँ खोज आविस्कार गर्ने इच्छाशक्ति थियो । पिलेन उडाउने सपनालाई तत्काल थाति राखेर काठमाण्डौमा मेकानिक्ल इन्जिनियरको भर्ना खुलेको थाहा पाएपछी बाटो फेरियो । तर, उनको जीवनमा आविष्कारको पाटो भने झनै लम्बिदै गयो बिस्तारित हुँदै गयो ।
उनलाई एस.एल सी उर्तीण पछी राजधानीमा पढ्न भनी सुझाएका किशोर न्यौपाने उनका आँखामा घुमीरहेका थिए । केही शिक्षकले काठमाण्डौँ गएर पढ् तिम्रो भविस्य राम्रो हुन्छ भने, पछि दिनेशलाई पनि राजधानी प्रतीको उत्सुकता थियो ।
तत्कालीन समय २०७४ सालमा काठमाण्डौँको बालाजुमा रहेको बालाजु स्कुल अफ इन्जिनियर एण्ड टेक्नोलोजीमा भरखरै प्रमाण पत्र तह मेकानिकल इन्जिनियरिङ् कार्यक्रमको प्रवेश परीक्षा खुलेको थाहा पाएपछी चङ्गा जस्तै भएको बस्नेत बताउँछन् ।
प्रवेश परिक्षामामा जाँच दिनका लागि १६ सय विध्यार्थीहरुको घुईचौमा छात्रवृत्तिमा अटाएको नाम पनि हो । दिनेश बस्नेत परिवारका एक्ला छोरा भएर पनि होला दिनेश लाई कुनै कुराको अभाव थिएन । बुवा सवारी चालक हुनुहुन्थ्यो आमाले घरायसी काम गर्नु हुन्थ्यो दुई वटा दिदी बहिनीहरु पनि पढिराख्नु भएको थियो । मैले छात्रवृत्तिमा पढ्न पाएकोले पनि होला खासै आर्थिक अभाव खेप्नु परेन । साथीहरु मिलेर कोठाभाडामा बस्यौ ३ वर्ष अध्ययन र सिकाईको क्रममै बित्यो
दिनेश बस्नेत काठमाण्डौँमा रहेको बालाजु स्कुल अफ इन्जिनिरिङ्ग एण्ड टेक्नोलोजीमा प्रमाण पत्र तह मेकानिक्ल इन्जिनिरिङ् २०७४ सालको पहिलो ब्याजका छात्रबृत्तिमा अध्ययन सकाएर विगत ६ वर्ष देखि हाल बालाजुमा रहेको खोज आविस्कार तथा आधुनिक, ह्वील चियरको उत्पादन, जहाजका पार्टपुर्जाहरुका मर्मतका अडर अनुसार ट्रस घर रेस्टुरेन्टको निर्माण वल्डीङ, बेट निर्माण व्यवस्थापन मेसिनरी सामानहरुको काम उनी व्यस्थ भेटिन्छन् । अध्ययन पश्चात मैले चितवन लगाएतका केही ठाउँहरुमा ह्वील चियर निर्माण व्यवस्थापनको काम गरे पनि सूरुवाती चरणमा मलाई काठमाण्डौँमा काम पाउन गारो थियो ।
मैले जीवन संगिनी मनिसाको सहायताले काठमाण्डौँमा बस्न सहज भयो । उनी बैकंमा काम गर्थिन जागिरे थिईन् । क्रमश हामी संगै अध्ययन गरेका सहपाठी दिपशंक काफ्ले शुसान्त पौड्याल,र अभिषेक गौतम लगाएतका साथीहरुको टीम बनेको छ । जो हामी कर्म संगै एक अर्काका दुख सुखका सारथी बन्न पुगेका छौ ।
नेपालमा अहिले प्रयोमा आएको सर्जिकल ह्वील चियर हो , जसमा अत्याधिक मेकानिजम हुन्छ, र चाडैँ बिग्रिन्छ, तर हामीले प्रयोग कर्ताको सहजता र दिगोपना ध्यानमा राखी आल्मुनियम निर्माण साथै यो क्षेत्रमा बनाउन नसकेका हस्पिटल उपकरणहरुको मर्मत कार्य हाम्रो टिमले गर्दै आइरहेको छ । हामी बालाजु स्कुल संगको साझेदारीमा काम गरिहेका छौ ।
काठमाण्डौँमा रहेको गैरसरकारी संस्था सी आई एल संग साझेदारी गदै काम गर्दै आएका छन्। साथमा उनकी श्रीमति समेत ह्वील चियर निमाणर् तथा अन्य उपकरणहरुको मर्मत कार्य समेत गर्छन् दिनेशले मासिक रुपमा ४० हजारको हाराहारीमा पैसा कमाउँछन् ।
‘ श्रीमती मनिसा बस्नेतलाई पनि इन्जिनिरिङ्गको क्षेत्रको काम गर्नमा सबै भन्दा ठुलो उनको ईच्छा शक्ति र लगाव नै हो , त्यसो हुदाँ मलाई पनि अन्य कर्मचारीलाई राख्नुपर्ने बाध्यता र पारिवारिक सम्बन्ध हेरचाहामा सहजता भएको छ, इच्छाशक्ति भएका हरुले बिदेश जानु पर्छ भन्ने भर्म हो ।’, दिनेश भन्छन् ।
प्रतिक्रिया