बेइजिङ बाट न्यूयोर्क दुई घन्टामा पुग्ने हवाईजहाज : ‘आइ प्लेन’


बेइजिङ – चीनले हरेक महिना चमात्कार गर्दै आएको छ । पछिल्लो सयम चिनियां वैज्ञानिकहरु अहिले जहाजलाई कसरी छिटो गन्तव्यमा पुयाउन सकिन्छ भन्ने अध्ययनमा लागेका छन् । उनीहरुले हाल दुई घन्टामा बेइजिङबाट न्यूयोर्क पुग्न सक्ने जहाज निर्माण अध्ययनमा जुटेका छन् ।

उक्त हवाईजहाज ६ हजार किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सक्ने चिनियां सञ्चार माध्यमहरुले जनाएका छन् । जुन आवाजको गति भन्दा पांच गुणा बढि हो । आवाजको गति प्रतिघन्टा १ हजार २ सय ३५ किलोमिटर हुन्छ । कुइ काइको नेतृत्वको अनुसन्धान टिमले ‘फिजिक्स, मेकानिक्स एन्ड एस्ट्रोनोमी’ नामक जर्नलमा लेखेको टिपोटमा योजनाको खुलासा गरिएको हो । अहिले सामान्य यात्रुवाहक विमानलाई बेइजिङ र न्यूयोर्कबीचको ११ हजार किलोमिटर दूरी पार गर्न करिब १४ घन्टा लाग्छ ।

चिनियां अनुसन्धान टिमले दर्जनौं मानिस र कार्गो बोकेर दुई घन्टामा बेइजिङबाट न्यूयोर्क पुग्न सक्ने गतिको हवाईजहाजको डिजाइन तयार पारिसकेको छ । बेइजिङस्थित चाइनीज एकेडेमी अफ साइन्सको उक्त टिमले जहाजको मोडेलको सफल परिक्षणसमेत गरिसकेको छ । यसलाई ‘आइ प्लेन’ नाम दिइएको छ । एक जोडी पखेटासहितको आइ–प्लेन पहिलो विश्वयुद्धमा प्रयोग गरिएको ‘बाइ प्लेन’ संग मिल्दोजुल्दो छ । यस्ता बाइ–प्लेनहरु १९३० को दशकपछि लोप भएका थिए, जब प्लेन डिजाइनरहरुले उच्च गति र इन्धन मितव्ययिताको खोजी गर्न थाले ।

अनुशन्धानकर्ताहरुले दावी गरेका छन् कि यो जहाजले हाल विश्वमा निर्माणाधिन हाइपरसोनिक सवारीसाधनले भन्दा धेरै भारवहन गर्न सक्छ । उनीहरुका मुताबिक सामान्य व्यवसायिक जेटको तुलनामा यसले २५ प्रतिशत भारवहन गर्नेछ ।
अमेरिकाले पनि हाल हाइपरसोनिक जहाजमाथि परिक्षण गरिरहेको छ । लोकहिद मार्टिनले एसआर–७२ माथि काम गरिरहेका छन् । साथै उनले सुपरसोनिक यात्रुवाहक जहाजमाथि पनि काम गरिरहेका छन् । यो पनि आवाजको भन्दा उच्च गतिमा हुइकिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement