विषादी जाँच प्रयोगशाला ‘देखाउने दाँत’ मात्र


काठमाडौं – सरकारले तरकारी र फलफूलमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको चार बर्षभन्दा बढी भयो। तर ती प्रयोगशाला प्रभावकारी बन्न सकेका छैनन्। विषादी मात्रा परीक्षण गर्ने मेसिन र प्रविधि छ तर जनशक्तिको अभाव छ।

जसका कारण भारतबाट निर्वाध रुपमा विषादी मिसिएको तरकारी र फलफू आउने गरेका छन्। नेपालकै किसानले उत्पादन गरेका तरकारी र फलफूलमा पनि विषादी परीक्षण हुन सकेको छैन। झापाको बिर्तामोड, सर्लाही, रुपन्देही, वीरगन्ज, नेपालगन्ज र महेन्द्रनगरको गड्डाचौकीमा रहेका प्रयोगशाला देखाउने दाँतमात्र भएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement