चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिँदै


काठमाण्डु- कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ । सांसद भण्डारी र उनकी आमा ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका थिए।

उनकी आमाको भने उपचारका क्रममा निधन भइसकेको छ । सांसद भण्डारीलाई डाक्टरको सिफारिसअनुसार मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको हो ।

बुधबार राती बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला जलेर घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement