काठमाण्डु– भारतले नेपालका लागि तेस्रो खेपमा थप १० टन मानवीय सहायता सामाग्री पठाएको छ ।
१० टन मानवीय सहायता सामाग्री सहितको तेस्रो उडान काठमाण्डुतर्फ प्रस्थान गरेको भारतका विदेशमन्त्री एस जयशंकरले बताएका हुन्।
सामाजिक सञ्जाल एक्समार्फत जयशंकरले उक्त उडानमा पोर्टेबल जेनेरेटर, डिग्निटी किट, खाद्यान्नका प्याकेट तथा पानी शुद्धीकरण गर्ने ट्याब्लेटलगायतका राहत सामग्री पठाएकाे जानकारी दिएका छन् ।
यस्तै, सुरुङ उद्धार कार्यका लागि चिकित्सक, प्यारामेडिक्स तथा रेकी टोलीसहित ११ सदस्यीय टोली पनि उक्त विमानमा सवार रहेको उनले बताएका छन्।
नेपालमा जारी राहत तथा उद्धार प्रयासमा भारतले निरन्तर सहयोग गरिरहेको जयशंकरले बताएका छन्।




प्रतिक्रिया