भूगर्भशास्त्र केन्द्रिय क्याम्पस त्रिविमा विज्ञान पर्दशनी हुँदै


काठमाडौं – नेपालमा भौगर्भिक बिज्ञान अध्यनरत विद्यार्थीहरुको साझा संगठन “नेपाल भौगर्भिक बिद्यार्थी समाजले विज्ञान पर्दशनी आयोजना गर्ने भएको छ ।

भुगर्भशास्त्र केन्द्रिय विभाग त्रि. वि र नेपाल भौगोर्भिक समाजको सम्युक्त आयोजनामा माघ २८, २९ र फाल्गुन १ गते तीन दिने तेस्रो भू-विज्ञान पर्दशनी आयोजना गर्ने भएको हो ।

विश्वविधालय, भुगर्भशास्त्र केन्द्रिय विभाग, किर्तिपुरको परिसरमा हुन गैरहेको पर्दसनीमा मुख्य त माध्यमिक, उच्च तथा विज्ञान बिषयका शिक्षक तथा बिधार्थीहरुलाई केन्द्रमा राखी पृथ्वीको बनोट, खानि तथा खनिज श्रोत, भौगोर्भिग प्रकोपहरु ,भुकम्प, बाढि,पहिरो तथा भौतिक संरचना निर्माणमा भुविज्ञानको महत्व तथा भूमिकाकोबारे जानकारी गराउने उदेश्य रहेको आयोजक कमिटीका अध्यक्ष सन्जीब कार्कीले बताए ।

नेपालमा भुगर्भ बिज्ञानको अध्यन अध्यापनको इतिहास लगभग १५० वर्ष भन्दा पुरानो छ तर अझै पनि बिकास निर्माणका आयोजनाहरुमा तथा सम्बन्धित सरकारी निकायहरुमा भुगर्भबीदहरुको सम्ग्लगनता अत्यन्तै कमि छ। बिकास निर्माणका कार्यहरुमा तथा प्राकृतिक प्रकोप तथा खानि सम्बन्धि कार्यहरुमा भूगर्भविद्हरुको उल्लेखनिय भूमिका रहेको तथ्य नकार्न सकिन्न ।

उक्त तथ्यहरुलाइ उजागर गर्दै बिद्यालय तह तथा उच्चमाध्यमिक तहका बिधार्थीहरु लगायत सर्बसाधरण लाइ समेत भौगर्भिक बिज्ञानको बारेमा जानकारी दिने अध्यक्ष कार्कीले बताए ।उपस्थित अवलोकन कर्ताहरु लाई भु- बिज्ञान सम्बन्धी ज्ञानका लागि प्रत्यक्ष अवलोकन, श्रब्य द्रीस्य, तस्बिरका साथै बिभिन्न डेमो मार्फत सक्दो प्रयास गर्ने आयोजक प्रदर्शनी प्रचार – प्रसार प्रमुख कमल थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement