काठमाण्डु- मुगु जिल्लालाई केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कलाई आसपास केन्द्रबिन्दुमा बुधबार बिहान १ ः ५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो।
त्यस्तै बिहान ४ः २८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको छ। यसअघि गत साउन २६ गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।




प्रतिक्रिया