विवेकशील साझाद्धारा राजनीतिक संवाद समिति गठन


काठमाण्डु – पार्टी एकताका लागि विवेकशील साझा पार्टीले राजनीतिक संवाद समिति गठन गरेको छ ।

साझाले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको हो ।

केशब दाहालको संयोजकत्वमा गठन भएको उक्त समितिमा रमेश पौड्याल, समिक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेका छन् ।

मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामर्थ्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement