राष्ट्रियसभा उपाध्यक्ष घिमिरे स्वदेश फिर्ता

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेको नेतृत्वमा मलेसिया गएको १३ सदस्यीय संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्किएको छ ।

मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको ७ दिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेर घिमिरे नेतृत्वको प्रतिनिधि मण्डल शुक्रबार स्वदेश फर्किएको छ ।

भ्रमणका क्रममा उपाध्यक्ष घिमिरेले मलेसियाको उपल्लो सदनका सिनेटका उपाध्यक्ष दतुक नूर याजलान बिन तान सेरी मोहम्मद तथा संसदीय समितिका प्रमुख लगायतसँग भेटघाट गरेकी छन् ।

भेटमा दुवै देशका संसद्को सहकार्य बढाउन संसदीय मैत्री समूह गठन गरेर अघि बढ्ने र मलेसियामा कार्यरत नेपाली कामदारको सुरक्षा र रोजगारी लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिनिधि मण्डलमा उपाध्यक्ष घिमिरेसहित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल र बागमती प्रदेशका सभामुख भुवनबहादुर पाठक थिए ।

प्रतिनिधि मण्डलमा लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँड केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने, सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरी, संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव बविता मिश्र र उपसचिव सुलोचना पंज्ञानी सहभागी थिए ।