नयाँ म्युजिक भिडियोमा विपीन कार्की


काठमाण्डु – अभिनेता विपीन कार्कीले अभिनय गरेको ‘परदेशी आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । केतन क्षेत्रीको स्वरमा रहेको गीतको शब्द प्रकाश सापकोटाले कोरेका हुन् भने संगीत सुवास भुसालको छ ।

भिडियोमा रोजगारीका लागि आफ्नो परिवार छोडेर विदेशिनु पर्दाको पीडा प्रस्तुत गरिएको छ । देवेन्द्र नेपालले निर्देशन गरेको भिडियोमा विपीनका साथमा कविता न्यौपाने र शर्मिला शर्मा, सुरवीर पण्डितले पनि अभिनय गरेका छन् । दिपेश उपाध्याय र दिप्सन डंगोलले खिचेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।

विपीन अभिनित केही फिल्म दर्शकले मन पराएको भए पनि म्युजिक भिडियोमा भने उनले त्यति सह्राना पाउन सकेका छैनन् । यसअघि सार्वजनिक भएका उनका ‘सुनैको दरवार’, ‘बटौली’, ‘डर छैन’ लगायतका म्युजिक भिडियोले दर्शक रिझाउन भने खासै नसकेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement