सांसदको घरमा विष्फोट गराएको अभियोगमा विप्लवका ३ नेता पक्राउ


काठमाडाैँ—प्रहरीले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ३ जना नेता, कार्यकर्तालाई पक्राउ गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश ५ का संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा विष्फोट गराएको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नेकपाको जिल्ला जनसरकार उपप्रमुख बिक्रम यादव, प्रादेशिक जनसरकार सदस्य रुदल यादव र जिल्ला कमिटी सदस्य विष्णुप्रसाद तिवारी मुकेश रहेका छन्।

उनीहरुमाथि रुपन्देही गैडहवा गाउँपालिका–२ सानो धुपहीस्थित एनसेलको टावरमा आगजनी गरेको आरोप समेत लगाइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement