प्रधानमन्त्री देउवा र विप्लवबीच भेट : ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयन गर्ने प्रतिवद्धता


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । विप्लवले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटमा देउवाले यसअघि केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्रीले तीन बुँदे सहमति कार्यान्वयनको प्रतिवद्धता जनाएको छलफलमा सहभागी नेकपाका नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।

ओली नेतृत्वको सरकारले गत फागुन २० गते तत्कालीन प्रतिबन्धित नेकपासँग प्रतिवन्ध फुकुवा, नेता–कार्यकर्ताको रिहाइ र मुद्दा खारेज गर्ने सम्बन्धी तीन बुँदे सहमति गरेको थियो ।

तर, सहमति भएको चार महिना बितिसक्दा पनि सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्नेबाहेक बन्दी रिहाइ र मुद्दा फिर्ताबारे काम हुन सकेको छैन । पछिल्लो समय विप्लवले राजनीतिक भेटघाट तीब्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement