विप्लव समूहको पाेलिटब्यूराे भंग, १७ जनालाई कारवाही

विप्लव समूहको पाेलिटब्यूराे भंग, १७ जनालाई कारवाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – नेत्र विक्रम चन्द समूहले पार्टीमा सुद्धिकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ। केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो।

अब समूहमा सबै कमाण्ड महासचिव नेत्रविक्रम चन्द आफैँले सम्हाल्ने भएका छन् । चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेबारीबाट हटाएर खुल्ला मोर्चामा पठाएको छ।

‘५० केन्द्रीय सदस्यमध्ये १७ जनालाई कारबाही गरिएको हो,’ एक केन्द्रीय सदस्यले भने, ‘घटुवा गरे पनि खुल्ला मोर्चाको जिम्मेबारी दिइएको छ।’ तीमध्ये केहीलाई पार्टीले दिएको जिम्मेबारी पूरा नगरेपछि हटाइएको उनको भनाई छ।

विप्लव बाहेक चार जनालाई सचिवालय सदस्यको जिम्मेबारीमात्र दिइएको छ। पोलिटव्युरो सदस्यहरु भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ। याे खबर कान्तिपुर दैनिकमा छ ।