निर्वाचनबाट ओली नेतृत्वको नेकपा नै नेपालको सबैभन्दा ठूलो बहुमत प्राप्त दल बन्छः विष्णु पौडेल

निर्वाचनबाट ओली नेतृत्वको नेकपा नै नेपालको सबैभन्दा ठूलो बहुमत प्राप्त दल बन्छः विष्णु पौडेल


काठमाण्डु – नेकपाका महासचिव विष्णु पौडेलले निर्वाचनको माहोल नबिगार्न प्रचण्ड–नेपाल समूहलाई चेतावनी दिएका छन् ।

ओली समूह निकट प्रेस संगठन नेपालको राजधानीको राष्ट्रिय सभागृहमा जारी भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले देश निर्वाचनमा गइसकेको बताउँदै कुनै पनि निर्वाचन विरोधी गतिविधि गरी निर्वाचनको माहोल नबिगार्न चेतावनी दिएका हुन् ।

उनले प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयो गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै अन संसद पुर्नस्थापना नहुने दाबी गरे । ‘निर्वाचन हुनका लागि के चाहिन्छ ?’, उनले प्रश्न गर्दै भने, ‘निर्वाचन आयोगले तोकिएको समयमै निर्वाचन गर्न सक्छु भनिरहेको छ,’ ‘खबरदार ! निर्वाचन हुन सक्दैन भनेर निर्वाचनको माहोल बिगार्न पाइदैन । हामी वैशाखमै निर्वाचन गर्छौँ ।’

महासचिव पौडेलले वैशाखमा हुने निर्वाचनमा आफ्नो समूहले बहुमत प्राप्त गर्ने दावी गरे । ‘नेपाली जनतासँग विवेक छ । जनतालाई सरकारका कामका बारेमा जानकारी छ,’ उनले भने, ‘यो सरकारले काम गर्दागर्दै जुन ढंगले बाधा सिर्जना गरियो, केपी ओलीको समूहलाई साथ दिनुपर्छ भन्ने जनताको ठहर छ, केपी ओलीको नेतृत्वको नेकपा निर्वाचनबाट नेपालको सबैभन्दा ठूलो दलको हैसियतमा बहुमत प्राप्त दल बन्नेछ,’ उनले भने ।

नेपाली समाज नयाँ निर्वाचनतर्फ गइसकेको छ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ’, उनले भने, ’तर अब प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना छैन र हुनै सक्दैन। संविधानको धारा ७६ को ७ र धारा ८५ ले पाँच वर्षअघि नै प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको छ।’