देउवा समूहका प्रभावशाली नेता सवार बुद्ध एयरको जहाज डाइभर्ट

देउवा समूहका प्रभावशाली नेता सवार बुद्ध एयरको जहाज डाइभर्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षधर नेताहरु सवार बुद्ध एयरको जहाजले आकस्मिक अवतरण गरेको छ ।


काठमाण्डुबाट सुर्खेतका लागि उडेको बुद्धको कल साइल ९–एन–एओजी जहाज आइतबार बिहान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।

जहाजमा नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. प्रकाशशरण महत सवार थिए ।


जहाज प्रतिकूल मौसमका कारण नेपालगञ्जमा अवतरण गर्नुपरेको बुद्ध एयरले जनाएको छ ।

सुर्खेत विमानस्थलको मौसम प्रतिकूल भएपछि पाइलटले केहीबेर आकाशमा जहाज घुमाएका थिए । मौसममा सुधार भएसँगै जहाज सुर्खेततर्फ उडेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।