एजेन्सी– इरानमा गुणस्तरहीन तथा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ८६५ जना बिरामी परेका छन् ।
इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ३१ यता देशका विभिन्न क्षेत्रमा विषाक्त मदिरा सेवनबाट प्रभावित भएका व्यक्तिहरू उपचारका लागि अस्पताल पुगेका हुन् ।
सबैभन्दा बढी होर्मोजगान प्रदेशमा १० जनाको मृत्यु भएको छ । यस्तै, खोरासान रजावी प्रदेशमा ६ र फार्स प्रदेशको शिराजमा ५ जनाले ज्यान गुमाएका छन् ।
हाल १६० जना अस्पतालमा उपचाररत छन् भने २४ जनालाई सघन उपचार कक्षमा राखिएको छ । आठ जनामा मदिरा सेवनका कारण मस्तिष्कमा गम्भीर असर परेको संकेत देखिएको मन्त्रालयले जनाएको छ ।
इरानमा मादक पेय पदार्थको उत्पादन, बिक्री तथा सेवन कानुनतः प्रतिबन्धित छ ।


प्रतिक्रिया