रौतहट – रौतहटको राजपुर नगरपालिकामा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा १ जना पक्राउ परेका छन् । राजपुर नगरपालिका–९ बैरियास्थित मतदान केन्द्रबाट १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बैरिया अनाथालयस्थित मतदान केन्द्रमा हयातले स्थानीय महमद आसिकको नाममा मत खसाल्न खोजेपछि विवाद उत्पन्न भएको थियो । स्थिति तनावपूर्ण बनेपछि विवादलाई साम्य पार्न प्रहरीले…