तनहुँ – प्रहरीले तनहुँमा जुवातास खेल्दाखेल्दै ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको ब्यास नगरपालिका–१२ छिर्कन बस्ने ५७ वर्षीया पूर्ण माया थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ हजार ३२० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको…