काठमाण्डु– सेयर कारोबारको भुक्तानी नदिएको आरोपमा सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन्। ११ करोड ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेको आरोप लागेपछि प्रहरीको अनुसन्धानमा तानिएका श्रीवास्तव स्वयं काठमाण्डु प्रहरी परिसरमा हाजिर भएका हुन्। परिसरका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार, हाजिर भएसँगै उनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। श्रीवास्तवमाथि सेयर बिक्री–वितरणबाट प्राप्त…