वाल्डो क्यासिनोका अध्यक्ष चिङ पक्राउ

काठमाण्डु– ठमेलमा रहेकाे क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन् । क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको हो । ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालित क्यासिनो वाल्डोमा इभेन्ट नै आयोजना गरी तासमा चिप्स र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी हुने गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको…