काठमाण्डु – प्रहरीले भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको हत्या आरोपमा उनकै छिमेकी दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । उनी सुरुवाती दिनदेखी नै प्रहरीको शंकाको घेरामा थिए । कक्षा ११ मा पढ्ने दिनेशले भागरथीलाई बाटो ढुकेर हत्या गरेको स्वीकार गरेको सुदुरपश्चिम प्रहरी प्रवक्ता एसएसपी मुकेश…