किशोरीलाई होटलमा लगि परीक्षा लिने तीन शिक्षक पक्राउ

कास्की – परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य गरेको अभियोगमा प्रहरीले ३ जना शिक्षकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक बिद्यालय कास्कीका प्रधानाध्यापक सहित तीन जना शिक्षकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१८ कास्कीकोट स्थायी घर…