त्रिभुवन विमानस्थलबाट १४ किलो ५७० ग्राम गाँजासहित ४ भारतीय पक्राउ

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विभिन्न अन्तर्राष्ट्रिय उडानबाट काठमाण्डु आएका ४ जना भारतीय नागरिकलाई प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ गरेको छ । कार्यालयका अनुसार शुक्रबार बिहान करीब ६:३० बजे एयर इन्डियाको उडानमार्फत दिल्लीबाट काठमाण्डु आएका २४ वर्षीय भारतीय नागरिक मोहम्मद जुनैदलाई शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिइएको थियो । जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित करीब…