पक्राउ परेका व्यक्तिको फोटो भिडियो सार्वजनिक नगर्न प्रहरीको निर्देशन

काठमाण्डु – प्रहरी प्रधान कार्यालयले विभिन्न आरोपमा पक्राउ परेका व्यक्तिहरूको फोटो तथा भिडिओ सार्वजनिक नगर्न मातहत कार्यालयहरूलाई निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले मातहतका जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै आरोपीहरूको फोटो/भिडिओ सार्वजनिक नगर्न निर्देशन दिएको छ । प्रहरीले गर्ने प्रेस मिटहरूमा आरोपीलाई सार्वजनिक नगर्ने निर्णय भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी…