मकवानपुर - मकवानपुर भिमफेदी गाउँपालिका-२ भैंसे चोकबाट अवैध लागूऔषध चरेश करिब २४ किलो सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा अमर पटेल गाउँपालिका-२ बस्ने २५ वर्षीय राजेश यादव र सोही ठाउँ बस्ने ऋषि कुमार यादव रहेका छन् । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.२५ प…