केएमसी अस्पतालमा चिनियाँ नागरिकको मलद्वारबाट निकालियो एक किलो सुन


काठमाडौं – एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विमानस्थल सुरक्षामा खटिएको प्रहरीले शुक्रवार राति ईआई ७९९७८८२ नम्बरको राहदानी वाहक २२ वर्षीय चिनियाँ नागरिक सलु तईलाई नियन्त्रणमा लिएको हो ।

तिब्बत एयरमार्फत चीनबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाक थ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएको थियो ।

तर शरिरमा केही नभेटिएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर एक्स–रे गर्दा मलद्वारभित्र ४ वटा टुक्रामा सुन लुकाइराखेको अवस्थामा फेला परेको थियो ।

बिहीवार रातिमात्र प्रहरीले आठ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ नागरिक पक्राउ गरेको थियो । इएच ५८०७५९८ राहदानी भएका चेन इङचुहाङ र इएच ६५९६६३७ राहदानी बोकेका चेन क्युङहाङलाई विमानस्थलमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement