काठमाडौँ—प्रहरीले दुई लाख चार हजार नगदसहित नौ जुवाडेलाई राजधानीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जले टोखा नगरपालिका–१० भण्डारी टोलस्थित जीतबहादुर केसीको घरमा जुवा खेलिरहेकालाई नगदसहित पक्राउ गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। वृत्तले आइतबार गरेको ‘कर्डन एण्ड सर्च अप्रेसन’मा शङ्कास्पद…