फरार अधियुक्तलाई पक्राउ गर्न राँझामा प्रहरीले गोली चलायो

नेपालगन्ज - चोरी डकैतिका अधियुक्तलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। ८ वर्षअघि चोरी-डकैती अपराधमा कैद सजाय तोकिएलगत्तै फरार बाँके बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सोमबार नियन्त्रण गर्ने क्रममा गोली चलाएको हो। प्रहरीका अनुसार खुट्टामा गोली लागी घाइते भएका न्यौपानेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जनाएकाे…