लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं - ल्यापटप र मोबाइल लुटपाट भएको घटनामा संलग्न रामेछाप घर भएका ३६ वर्षीय देब खड्का सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित पैदलयात्रीको साथबाट लेनोभो कम्पनीको ल्यापटप १ थान र मोबाइल १ थान लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई…