ब्राउन सुगर र नक्कली पेस्तोलसहित चुच्चेपाटीबाट तीन जना पक्राउ

काठमाडौं - प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति ८ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल (मगर), मोरङ…