काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसंग घुस लिएको आरोपमा सप्तरीको सुरूङ्गा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोहीयानी जग्गा छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग वडाध्यक्ष मियाँ २५ हजार घुससहित पक्राउ परेका थिए । मियाँले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बद्नियतपूर्वक मोहियानी जग्गा र रकमको बार्गे्निङ…