दोलाखामा सालकको खपटासहित एकजना पक्राउ

दोलाखा - दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोशी गाउँपालिका–५ किर्नेटारबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–५ का २० वर्षीय प्रल्हाद खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । संरक्षित वन्यजन्तु सालकको खपटा बिक्री वितरणका लागि लादै गरेको प्राप्त गोप्य सूचनाका…